श्रोत केन्द्र स्थापना
प्रत्येक जिल्लाले आफ्नो जिल्लाका कृषकहरूको लागि वीउविजन, बिरुवा÷बेर्ना आदि उत्पादनको लागि संभाव्यताको आधारमा स्थानीय श्रोतकेन्द्रहरूको स्थापना गर्दछ । कृषकहरूलाई तालिम दिई बीउ उत्पादन गराउने हो वा नर्सरी स्थापना गरी बिरुवा उत्पादन गराउने हो कार्यलक्ष्य भित्रै राखी सञ्चालन गरिन्छ । यसबाट सहज आपूर्ति हुनुको साथै स्थानीय जलवायुको दृष्टिकोणले उपयुक्त हुने किसिमको सामग्री उत्पादन गर्न सकिन्छ । वीउविजनहरु टाढाटाढाबाट ल्याई आपूर्ति गर्नु पर्दा आर्थिकभार, कठिनाई, समयमा उपलब्ध हुन नसक्नु तथा कृषकलाई समेत सन्देह हुन जाने हुँदा यो कार्यक्रमलाई बढावा दिइएको छ । यस अनुसार हाल जिल्लामा मौरी, पुष्प, खाद्यान्न वीउ, च्याउ वीउ आदिको निजी स्तरमा श्रोतकेन्द्रको स्थापना भई संचालनमा आइरहेका छन् ।