निरीक्षण, अनुगमन तथा मूल्यांकन

अहिलेको सन्दर्भमा हरेक क्षेत्रमा निरीक्षण तथा अनुगमनको कमी रहेको भन्ने सुनिन्छ । हुन पनि नियमित रूपमा बैज्ञानिक तरीकाबाट अनुगमन गर्ने पद्धति विविध कारणहरुले गर्दा अझैपनि राम्रोसँग कार्यान्वयन हुन सकिरहेको छैन । माथिका निकायबाट सुपरिवेक्षणमा आउने पदाधिकारीहरूद्वारा हुँदै आएको निरीक्षण कार्यक्रम पर्याप्त नभएको हुँदा कार्यालय भित्रैबाट पनि सेवाकेन्द्र र त्यहाँ सञ्चालित कार्यक्रमहरूको नियमित निरीक्षण अनुगमन हुने गर्दछ । कार्यालयबाट दिइएका निर्देशनहरू कार्यान्वयन भएका छन् छैनन्, सेवाकेन्द्रका कर्मचारीहरूसँग समेत सम्पर्क कायम गरी कार्यक्रम कार्यान्वयनबारे अनुगमन गर्ने गरिन्छ । यसबाट संचालन भैरहेको कार्यक्रममा देखिएका कमजोरी सुधार गर्न आवश्यक मद्दत पुग्दछ ।