कृषि बजार/आर्थिक विश्लेषण कार्यक्रम
कृषकलाई कृषि बजार सम्बन्धी विविध कुराहरू जानकारी दिने दृष्टिकोणले जिल्लामा उत्पादित कृषिजन्य वस्तुहरूको मूल्य संकलन स्थानीय बजारको अवस्था अध्ययन, बाहिरका बजारको मागआपूर्ति प्रणाली अध्ययन जस्ता काम गरिन्छ भने आर्थिक विश्लेषण अन्तर्गत बस्तु विशेषको उत्पादन लागत, बजार लागत आदि अध्ययन गरी प्रतिवेदन प्रकाशन गरीन्छ । यसबाट कुन जिल्लामा के कस्तो परिपाटी अपनाइएको छ, केन्द्रलाई जानकारी भई उपयोगी विषयबारे रेडियोको माध्यमबाट आम कृषकलाई विभिन्न तालिम, अध्ययन भ्रमणको माध्यमबाट बजारसँग आवद्ध गर्ने प्रयास पनि यस कार्यक्रमको माध्यमबाट गरिन्छ । साथै कृषि उपजहरूको बजार व्यवस्थापनको लागि संकलन केन्द्रहरूको संभाव्यता अध्ययन तथा निर्माण तथा ढुवानीको लागि प्लास्टिक क्रेट वितरण आदि कार्यक्रम पनि यस कार्यक्रम अन्तर्गत रहेको छ ।