सेवाहरु
पलब्ध सेवाहरु
उन्नत प्रविधि प्रसारण र क्षेत्र विस्तार
संभाव्यता र तुलनात्मक लाभको आधारमा बाली विशेष यकिन गरी कृषकस्तरमा लैजाने । परीक्षण र मूल्यांकन पश्चात् कृषकले अपनाउन चाहेमा आवश्यक सुविधा पु¥याउने । उपयोगी वस्तु commodity को अनुशरण गर्दै जाँदा क्षेत्र विस्तार हुन जाने र आवश्यकता अनुसार प्रविधिहरुको पनि विस्तार हुन जाने हुँदा उन्नत प्रविधि प्रसारण तथा क्षेत्र विस्तार” लाई अवधारणाको रूपमा मात्र सीमित नराखी कार्यक्रमको रुपमा पनि लिइएको छ । यसमा खास गरेर खाद्यान्न बाली, तरकारी बाली, फलफूल, च्याउ, मौरीपालन आदि पर्दछन् ।
शैक्षिक तथा प्रोत्साहनप्रद कार्यक्रम
कृषकलाई प्राविधिक ज्ञान शीपको साथै प्रोत्साहन दिने दृष्टिकोणबाट केही क्रियाकलापहरू जस्तैः– प्रदर्शन, प्रतियोगिता, मिटिङ, भ्रमण, दिवस आदि सञ्चालन गरिन्छन् । विद्यमान समस्यालाई छुने गरी प्रदर्शनहरू डिजाइन गरिने र उद्देश्यपूर्ति हुने गरी सञ्चालन गर्न कार्यालयबाट विविध प्रयास हुने गर्दछ । वास्तवमा कृषि प्रसारको क्षेत्रमा कृषकलाई प्रोत्साहन दिने, सम्मान गर्ने किसिमका कार्यक्रमहरू पनि ज्ञान शीप दिने कार्यहरु जतिनै आवश्यक हुन्छन् । कुनै पनि नया“ प्रविधि अपनाउने या नअपनाउने भन्ने बिषय कृषकको हो । यसमा अरू व्यक्ति निर्णायक बन्न नसक्ने हु“दा कृषकले नै वास्ताविक कुरा बुझेको हुनुपर्छ र स्वयं नै प्रोत्साहित एवं विश्वस्त बन्न सक्नु पर्छ । यस पृष्ठभूमिमा उल्लेखित शैक्षिक एवं प्रोत्साहनप्रद कार्यहरू कार्यान्वित गरिन्छन् ।
कृषक तालिम तथा सेवात्मक कार्यक्रम
कृषकलाई टेवा पु¥याउने क्रममा कृषक तालिमको अत्यधिक महत्व रहन्छ । बैज्ञानिक तरीकाले ज्ञान शीप लिने या दिने कार्यमा तालिमले सहयोग पु¥याउ“छ । यसकारण तालिमलाई हामीले विभिन्न तहमा राखी सञ्चालन गर्दछौं । उदाहरणको लागि सेवा केन्द्र स्तरीय तालिम, जिल्लास्तरीय तालिम, क्षेत्रीय स्तर तालिम आदि कृषकको आवश्यकतानुसार सञ्चालन गरिन्छन् । कृषकले चाहेको बखत प्राविधिक सेवा पु¥याउने, फिल्ड निरीक्षण गर्ने, बगैंचा स्थापना, नर्सरी स्थापना आदिको लागि ले–आउटमा सहयोग गर्ने र भैपरी आउने कुनैपनि किसिमको काममा टेवा पु¥याउनु पनि कार्यालयको महत्वपूर्ण कार्यमध्ये पर्दछ ।
कृषि सामग्री वितरण कार्यक्रम
कृषकलाई आवश्यक पर्ने सामग्रीहरू जस्तै–फलफूलका बोट विरुवा, तरकारीको बीउ, स्प्रेयर, मौरीघार, सिकेचर, सीडविन, मुुसाखोर आदि कृषकको मागको आधारमा अनुदानमा वितरण गर्ने व्यवस्था पनि कार्यालयबाट भैरहेको छ । केही सामग्रीको मूल्यमा अनुदान पनि दिने गरिन्छ भने बीउ विजन, विषादी आदि कार्यक्रमको माध्यमबाट पनि उपलब्ध गराइन्छ ।
श्रोत केन्द्र स्थापना
प्रत्येक जिल्लाले आफ्नो जिल्लाका कृषकहरूको लागि वीउविजन, बिरुवा÷बेर्ना आदि उत्पादनको लागि संभाव्यताको आधारमा स्थानीय श्रोतकेन्द्रहरूको स्थापना गर्दछ । कृषकहरूलाई तालिम दिई बीउ उत्पादन गराउने हो वा नर्सरी स्थापना गरी बिरुवा उत्पादन गराउने हो कार्यलक्ष्य भित्रै राखी सञ्चालन गरिन्छ । यसबाट सहज आपूर्ति हुनुको साथै स्थानीय जलवायुको दृष्टिकोणले उपयुक्त हुने किसिमको सामग्री उत्पादन गर्न सकिन्छ । वीउविजनहरु टाढाटाढाबाट ल्याई आपूर्ति गर्नु पर्दा आर्थिकभार, कठिनाई, समयमा उपलब्ध हुन नसक्नु तथा कृषकलाई समेत सन्देह हुन जाने हुँदा यो कार्यक्रमलाई बढावा दिइएको छ । यस अनुसार हाल जिल्लामा मौरी, पुष्प, खाद्यान्न वीउ, च्याउ वीउ आदिको निजी स्तरमा श्रोतकेन्द्रको स्थापना भई संचालनमा आइरहेका छन् ।
कृषि बजार/आर्थिक विश्लेषण कार्यक्रम
कृषकलाई कृषि बजार सम्बन्धी विविध कुराहरू जानकारी दिने दृष्टिकोणले जिल्लामा उत्पादित कृषिजन्य वस्तुहरूको मूल्य संकलन स्थानीय बजारको अवस्था अध्ययन, बाहिरका बजारको मागआपूर्ति प्रणाली अध्ययन जस्ता काम गरिन्छ भने आर्थिक विश्लेषण अन्तर्गत बस्तु विशेषको उत्पादन लागत, बजार लागत आदि अध्ययन गरी प्रतिवेदन प्रकाशन गरीन्छ । यसबाट कुन जिल्लामा के कस्तो परिपाटी अपनाइएको छ, केन्द्रलाई जानकारी भई उपयोगी विषयबारे रेडियोको माध्यमबाट आम कृषकलाई विभिन्न तालिम, अध्ययन भ्रमणको माध्यमबाट बजारसँग आवद्ध गर्ने प्रयास पनि यस कार्यक्रमको माध्यमबाट गरिन्छ । साथै कृषि उपजहरूको बजार व्यवस्थापनको लागि संकलन केन्द्रहरूको संभाव्यता अध्ययन तथा निर्माण तथा ढुवानीको लागि प्लास्टिक क्रेट वितरण आदि कार्यक्रम पनि यस कार्यक्रम अन्तर्गत रहेको छ ।
मौसमी प्रतिवेदन तथा एःब्क् को फारमहरु
कुनैपनि क्षेत्रको मौसमले कृषि उत्पादनलाई प्रत्यक्ष असर पु¥याउने हुँदा विभिन्न सेवाकेन्द्रहरुबाट मौसमको स्थिति, वालीनालीको स्थिति, वर्षा, दैविक प्रकोप, मलखादको आपूर्ति, वालीमा रोग किराको स्थिति आदि बारे सेवाकेन्द्रहरुबाट विववरण संकलन तथा विश्लेषण गरी साप्ताहिक रुपमा सम्बन्धित निकायमा पठाउने व्यवस्था पनि रहेको छ ।
यस्तै गरी कृषकहरुले सेवा केन्द्रमा विभिन्न समस्या लिएर आएको केशहरुलाई सेवा केन्द्रमा केश रजिष्टर राखी मासिक रुपमा त्यसको विश्लेषण गर्ने गरिन्छ । यस किसिमको व्यवस्थाबाट जिल्लामा वालीनाली, रोग किरा आदिका साथै अन्य समस्याहरुबारे पनि विस्तृत रुपमा जानकारी हुने हु“दा समस्या समाधान गर्न तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा मद्दत पुग्दछ ।
निरीक्षण, अनुगमन तथा मूल्यांकन
अहिलेको सन्दर्भमा हरेक क्षेत्रमा निरीक्षण तथा अनुगमनको कमी रहेको भन्ने सुनिन्छ । हुन पनि नियमित रूपमा बैज्ञानिक तरीकाबाट अनुगमन गर्ने पद्धति विविध कारणहरुले गर्दा अझैपनि राम्रोसँग कार्यान्वयन हुन सकिरहेको छैन । माथिका निकायबाट सुपरिवेक्षणमा आउने पदाधिकारीहरूद्वारा हुँदै आएको निरीक्षण कार्यक्रम पर्याप्त नभएको हुँदा कार्यालय भित्रैबाट पनि सेवाकेन्द्र र त्यहाँ सञ्चालित कार्यक्रमहरूको नियमित निरीक्षण अनुगमन हुने गर्दछ । कार्यालयबाट दिइएका निर्देशनहरू कार्यान्वयन भएका छन् छैनन्, सेवाकेन्द्रका कर्मचारीहरूसँग समेत सम्पर्क कायम गरी कार्यक्रम कार्यान्वयनबारे अनुगमन गर्ने गरिन्छ । यसबाट संचालन भैरहेको कार्यक्रममा देखिएका कमजोरी सुधार गर्न आवश्यक मद्दत पुग्दछ ।